अवैध ९ लाख रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ | Khabarhub Khabarhub

अवैध ९ लाख रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका– १४ कोशी बलारबाट अवैध रकमसहित आज साँझ एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सुपौल जिल्ला बथनाह गाउँ पञ्चायत वडा नं १७ बस्ने २८ वर्षीय फूलकुमार मेहता रहेको प्रहरी नायब उपरिक्षक तिलक भारतीले जानकारी दिए ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस रोगका सम्बन्धमा नेपाल सरकारले जारी गरेको बन्दाबन्दी उल्लङ्घन गर्दै भारतबाट नेपालतर्फ लुकीछिपी आउँदै गरेका उनलाई नेपाली रुपैयाँसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भारतीले बताए ।

उनलाई शङ्कास्पद अवस्थामा हिँडिरहेको अवस्थामा फेला पारी हातमा झुण्ड्याउने नाइलनको झोला जाँच गर्दा दुई किलो चिनीभित्र लुकाइ राखिएको नेपाली रु नौ लाख फेला पारेको प्रहरीले जनाएको छ ।

प्रहरीचौकी रामपुर मल्हनीयाबाट खटिएको प्रहरी सहायक निरीक्षक श्रीप्रसाद ठाकुर नेतृत्वको प्रहरी गस्ती टोलीले उनलाई नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भारतीले बताए ।

 

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ८ : १६ बजे

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३