२० बर्षकी भइन् शाहरुखकी छोरी सुहाना | Khabarhub Khabarhub

२० बर्षकी भइन् शाहरुखकी छोरी सुहाना


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चर्चित बलिउड अभिनेता शाहरुख खान तथा गौरी खानकी छोरी सुहाना खान २० वर्ष पुरुा भएकी छन् । उनले २२ मेमा आफ्नो जन्मदिन मनाएकी छन् ।

सन् २००० मा मुम्बईमा जन्मिएकी सुहानाले हालसम्म बलिउडमा डेब्यु गरेकि छैनन् । तर उनलाई चाहने फ्यानको संख्या भने लाखौं छन् । जसका कारण सुहाना खानको फोटो सामाजिक सञ्जालमा निकै भाइरल हुने गर्दछ ।

उनी यसरी चर्चामा आउनुको कारण भने मात्र दुइवटा रहने गरेको छ, एक उनी बलिउड किंग शाहरुखकी छोरी हुनु र अर्को उनको आफ्नो स्टाइल र ड्रेसिंग सेन्स ।

सुहाना आफ्नो पहिरनका कारण हमेशा चर्चामा छाउने गरेकी छन् । तत्काल बलिउडमा इन्ट्रिको चाहना नराखेकी सुहाना सामाजिक सञ्जालमा केहि बर्षअघि मात्र जोडिएकी हुन् । तथापी उनको इन्स्टाग्राममा साढे ८ लाख फलोअर्स छन् ।

सुहाना खानले गतबर्ष नै स्नातकको अध्ययन सकाएकी छन् भने अहिले अभिनय र नृत्य सिक्नमा ब्यस्त छिन् । कोरोनाको महामारीका बेला आफ्नो घर मन्नतमा बुवा शाहरुख र आमा गौरीसहित एक दाजु र भाईसँग सुहाना रहदै आएकि छन् ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  १ : ४७ बजे

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश