सोमबारसम्म हुरीबतास चल्ने पूर्वानुमान | Khabarhub Khabarhub

सोमबारसम्म हुरीबतास चल्ने पूर्वानुमान


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबारसम्म हुरीबतास चल्ने पूर्वानुमान गरेको छ ।

महाशाखाले सोमबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज, भोली  र पर्सी (सोमबार) सम्म नै हावाहुरी चल्ने पूर्वानुमान गरिएको छ ।

महाशाखाका अनुसार बंगाल खाडीबाट सक्रिय भएको अंपुन चक्रवात कमजोर भइ न्यून चापीय प्रणालीको रूपमा रहे पनि त्यसले पूर्वी भेगमा आंशिक प्रभाव पारेको छ ।

आज दिउँसो देशका पश्चिमी पहाडी भू-भाग लगायत  मध्य तथा पूर्वी  भू-भागहरुमा सामान्य  बदली र बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

मौसममा बदलाव आउदा मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ७ : ३४ बजे

जीब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा