लकडाउनमा बढी मूल्य लिने ४ पसललाई कारबाही | Khabarhub Khabarhub

लकडाउनमा बढी मूल्य लिने ४ पसललाई कारबाही


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउनको समयमा बढी मूल्यमा खाद्यान्न, मासु तथा फलफूल बिक्री वितरण गर्ने चार पसललाई कारवाहीस्वरुप आज जरिवाना गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले बजार अनुगमनका क्रममा लपु, महालक्ष्मी नगरपालिका वडा नम्बर १ इमाडोलस्थित कटुवाल स्टोर्सलाई रु दुई लाख जरिवाना गरिएको जनाएको छ ।

आयोडिन नुन बढी मूल्यमा बिक्री गरेको पाइएकाले सो पसललाई जरिवाना गरिएको विभागका अनुगमन निरीक्षक दीपक पोखरेलले जानकारी दिए ।

उनका अनुसार काठमाडौँ, ज्ञानेश्वरस्थित राजेन्द्र मिट सपमा मूल्यसूची नभएकाले रु पचास हजार जरिवाना गरिएको छ । त्यस्तै इमाडोलस्थित मुकेश जुस तथा फलफूल पसल र बाबुलाल फलफूल तथा तरकारी पसललाई मूल्यसूची नभएवापत रु ५०/५० हजार जरिवाना गरिएको छ ।

इमाडोलको बाबुलाल फलफूल तथा तरकारी पसलबाट रु पाँच हजार आठ सय मूल्य बराबरको खान अयोग्य तथा म्याद सकिएका सामान तत्काल नष्ट गर्न वा सम्बन्धित निकायमा फिर्ता गर्न लगाइएको उनले जानकारी दिए । उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम सो जरिवाना गरिएको विभागले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ९ : २३ बजे

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर