कोरियामा बस्ने नेपालीले पनि सरकारी राहत पाउने | Khabarhub Khabarhub

कोरियामा बस्ने नेपालीले पनि सरकारी राहत पाउने


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरियामा बस्ने नेपालीले पनि त्यहाँको सरकारले स्थानीय नागरिकलाई दिने राहत पाउने भएका छन् ।

कोरोना माहामारीको कारण दैनिक जीवनयापन गर्न असहज भएकाले कोरियाको एक प्रान्तीय सरकारले आफ्ना नागरिकलाई दिँदै आएको राहत अब विदेशीलाई पनि दिने भएको छ । यसबाट नेपालीले पनि राहत पाउन सक्ने छन् ।

दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तीय सरकारले वैवाहिक प्रवेशाज्ञा हुनेहरूलाई र सो प्रान्तमा स्थायी बसोबास गर्ने सबै विदेशीलाई सरकारी राहत उपलब्ध गराउने भएको हो ।

कोरियामा महामारी फैलिएको बखतदेखि नै दैनिक जीवनयापन गर्न सहज होस् भनी आफ्नो नागरिकलाई प्रान्तीय सरकारले एक लाख कोरियाली वन राहतस्वरुप दिँदै आएको थियो ।

अबदेखि उक्त राहत एफ छ र एफ ट प्रवेशाज्ञा भएका विदेशीलाई पनि दिने निर्णय गरिएको हो । निर्णयानुसार एफ छ र एफ ट प्रवेशाज्ञा भएका नेपालीले पनि अब उक्त राहत पाउने छन् ।

यसअघि कर विदेशीसँग पनि लिने तर राहत बाँड्ने बेलामा भेदभाव गरेको भनी प्रान्त सरकारले बाँड्ने राहत विदेशलाई पनि दिनुपर्छ भन्दै हस्तारक्षर संकलन गरिएको थियो ।

तीन हप्तामा १४ हजार हस्ताक्षर प्रान्तीय सरकारको सरकारी वेबसाइट जम्मा भएको थियो । तथ्यांकानुसार ख्याङ्गिदो प्रान्तमा ६० हजारभन्दा बढी स्थायी तथा ४८ हजारभन्दा बढी वैवाहिक प्रवेशाज्ञामा बसेका विदेशी नागरिक छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ११ : २१ बजे

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा