सचिवालयका सदस्यले विशेष कोषमा एक महिनाको तलब दिने | Khabarhub Khabarhub

सचिवालयका सदस्यले विशेष कोषमा एक महिनाको तलब दिने


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सदस्यले ‘कोरोना भाइरसको सङ्क्रमणविरूद्ध विशेष कोष’ मा एक महिनाको पारिश्रमिक दिने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कोषलाई सहयोग गर्नका लागि सचिवालयमा रहेका सबैले एक महिनाको तलब दिने निर्णय गरेको जानकारी दिए ।

उनका अनुसार सचिवालयमा रहेका ६ जनाले एक महिना र तीन जनाले आधा महिनाको पारिश्रमिक बराबर रकम दिने भएका हुन् ।

मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, विदेश मामिला सल्लाहकार डा राजन भट्टराई, प्रेस सल्लाहकार थापा, आर्थिक विकास मामिला सल्लाहकार लालशङ्कर घिमिरे, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र स्वकीय सचिव राजेश बज्राचार्यले कोषमा एक महिनाको तलब दिने छन् ।

यसैगरी सचिवालयमा रहेका विकास पूर्वाधारविज्ञ गजेन्द्र थपलिया, सञ्चारविज्ञ रामशरण बजगाईं र स्वकीय सहसचिव होमबहादुर थापाले आधा महिनाको तलब दिनेछन् ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ३ : ११ बजे

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार