कोरोना भाइरसविरुद्ध केन्द्रीय कोषमा अध्यक्ष तिमिल्सिनाले एक महिनाको तलब दिने | Khabarhub Khabarhub

कोरोना भाइरसविरुद्ध केन्द्रीय कोषमा अध्यक्ष तिमिल्सिनाले एक महिनाको तलब दिने


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल सरकारले कोरोना भाइरसविरुद्ध बनाएको केन्द्रीय कोषमा एक महिनाको तलब बराबरको रकम उपलब्ध गराउने भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यो कोष स्थापनाको निर्णय गरेको थियो । सो कोषमा अध्यक्ष तिमिल्सिनाले आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका हुन् ।

उनले संघीय संसद सचिवालयको आर्थिक शाखालाई पत्रमार्फत आफ्नो एक महिनाको तलब कोषमा जम्मा गरिदिन निर्देशन समेत दिए ।

अध्यक्ष तिमिल्सिनाले सरकारको कोष बनाउने निर्णयलाई स्वागत गर्दै विश्वमा देखिएको सन्त्रासमा सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गरेका छन् ।

उनले सरकारले कोरोनाबाट बच्नका लागि दिएका निर्देशनहरु पालना गर्न सबैलाई आग्रहसमेत गरेका छन् ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १ : ३५ बजे

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र