तस्वीरमा हेर्नुहोस् ‘लकडाउन’पछिको कञ्चनपुर | Khabarhub Khabarhub

तस्वीरमा हेर्नुहोस् ‘लकडाउन’पछिको कञ्चनपुर


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपालको पश्चिम सीमावर्ती जिल्ला कञ्चनपुर ‘लकडाउन’ गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आइतबार मध्य रातिदेखि लागू हुने गरी ‘लकडाउन’को निर्णय गरेको थियो ।

सदरमुकाम महेन्द्रनगरसहित जिल्लाका मुख्य बजार र बस्तीमा स्थानीय तथा सर्वसाधारणलाई घर बाहिर निस्किन दिइएको छैन ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आइतबार साँझ नै सूचना प्रकाशित गरी आकस्मिक उपचार बाहेक अन्य जुनसुकै कामका लागि सर्वसाधारणलाई घर बाहिर ननिस्किन भनेको छ ।

साथै, स्थानीय प्रशासनले जारी गरेको सूचनाको बर्खिलाप कुनै पनि व्यक्ति घर बाहिर निस्किएको पाइएमा सुरक्षाकर्मी तथा अधिकार प्राप्त अधिकारीले जाँचबुझ गरी कानून बमोजिम कारबाही गरिने पनि सूचनामार्फत चेतावनी दिइएको छ ।

स्थानीय प्रशासनले अत्यावश्यक सेवाअन्तर्गत पर्ने बाहेक सबै प्रकारका उद्योग, कलकारखानाहरु बन्द गरिसकेको छ ।

सर्वसाधारणले पनि स्थानीय प्रशासनको निर्णयलाई साथ दिएका छन् । स्थानीय पत्रकार रनि विवसका अनुसार सदरमुकाम महेन्द्रनगर बजार विहानैदेखि सुनसान छ भने जिल्लाका अन्य मुख्य बजार क्षेत्रमा पनि सर्वसाधारणको आवतजावत ठप्प छ ।


तस्वीरहरु– महेशदत्त जोशी, हिमाल चन्द र केशव पन्तको फेसबूकबाट

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १० : २३ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र