उपभोक्ता ठग्नेलाई यस्तो छ सजायको प्रावधान | Khabarhub Khabarhub

उपभोक्ता ठग्नेलाई यस्तो छ सजायको प्रावधान


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशमा कुनै कारणले संकट सिर्जना भएको अवस्थामा दैनिक उपभोगका अत्यावश्यक वस्तुमा कालोबजारी बढ्छ ।

कतिपय व्यवसायीको ध्यान वस्तु लुकाएर कृत्रिम अभाव सृजना गर्ने र मूल्य बढाएर बढी नाफा कमाउनेतिर हुन्छ ।

कोभिड–१९ (कोरोना भाइरस) संक्रमणले विश्वव्यापी महामारी फैलिएको अवस्थामा नेपालको उपभोक्ता बजारमा पनि कृत्रिम अभाव सिर्जना गर्ने प्रयास भएको छ ।

उपभोक्ताको हित संरक्षणका लागि ऐनका प्रावधानहरू आमउपभोक्तालाई थाहा नहुँदा ठगिनु परेको हुन्छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले दैनिक उपभोगका कुनै सामान नपाए ११३७ नम्बरमा फोन गरेर जानकारी गराउन आह्वान गरेका छन् ।

उपभोक्ता संरक्षण ऐनले उपभोगका वस्तुको माग, आपूर्ति वा मूल्यमा प्रतिकूल प्रभाव पार्ने कामलाई अपराध करार गरेर सजायको व्यवस्था गरेको छ ।

कुनै उपभोग्य वस्तुको लागि चाहिने कच्चा पदार्थको कोटा निर्धारण गर्न र उत्पादन घटाउन ऐनले रोक लगाएको छ । कुनै उपभोग्य वस्तु वा सेवा सञ्चित गरेर वा कुनै तरिकाले कृत्रिम अभाव खडा गर्न पनि ऐनले रोक लगाएको छ ।

उत्पादित वस्तुमा उत्पादकको नाम, ठेगाना र उद्योगको दर्ता नम्बर उल्लेख गर्न ऐनले अनिवार्य गरको छ । यस विपरीत काम कारबाही गर्ने गराउने दुई वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

यस्तै, उक्त ऐनले कमसल उपभोग्य वस्तुको उत्पादन, बिक्री वितरण वा निकासी पैठारीमा रोक लगाएको छ । यस्ता कामलाई अपराध मानेर उपभोक्त संरक्षण ऐनले तीन वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरीवाना हुने व्यवस्था गरेको छ ।

उपभोक्तालाई झुक्याउने गरी कुनै उपभोग्य वस्तुको नक्कल गर्ने, एउटा उपभोग्य वस्तु वा सेवालाई अर्को हो भनेर वा निम्नस्तरकोलाई उच्चस्तरको हो भनेर झुक्याउने र कुनै उपभोग्य वस्तु वा सेवाको उपयोगिता वा प्रभावकारिताका सम्बन्धमा झुट्टो प्रचार गर्ने गराउनेलाई पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने किसिमका वस्तु वा सेवाको उत्पादन वा बिक्री वितरण गर्न कानुनले रोक लगाएको छ ।

उपभोक्ताको ज्यानलाई खतरा पुग्ने भएमा चौध वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । शरीरको कुनै अङ्गको शक्ति क्षीण वा हरण हुन सक्ने भएमा दश वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिवाना हुन सक्छ ।

कुनै उपभोग्य वस्तु वा सेवाबाट कुनै उपभोक्तालाई कुनै किसिमको हानी नोक्सानी भए क्षतिपूर्ति पाउने प्रावधान छ । क्षतिपूर्ति पाउन नोक्सानी भएको पैंतीस दिनभित्र उजुरी गर्नुपर्छ ।

प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको क्षतिपूर्ति समिति हुन्छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ८ : ५३ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको