महादेव मन्दिरबाट हराएको मूर्ति ८ महिनापछि फेला | Khabarhub Khabarhub

महादेव मन्दिरबाट हराएको मूर्ति ८ महिनापछि फेला


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ स्थित विम्रेनी वनको ओढारभित्र रहेको दोमवाङ पोखरी महादेव मन्दिरबाट हराएको मूर्ति आठ महिनापछि फेला परेको छ ।

प्रहरी र स्थानीयको सक्रियतामा खोजतलासपछि सोही वडाको विम्रेनी सामुदायिक वनमा लुकाइछिपाई राखेको अवस्थामा शुक्रबार फेला परेको हो । भेटिएको मूर्तिलाई मन्दिरका पुजारी ङडुप लामाको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

प्रहरीका अनुसार महादेव मन्दिरमा रहेको शीलाको साँढे (वसाह) गत साउनमा हराएको थियो । मूर्ति हराएपछि स्थानीय र पुजारीले खोजतलासका लागि भदौ ३ गते प्रहरीमा निवेदन दिएपछि खोजतलास शुरु भएको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  १० : १५ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार