शनिको प्रभाव कुन राशीमा कस्तो ? | Khabarhub Khabarhub

शनिको प्रभाव कुन राशीमा कस्तो ?


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यायका देवता शनिको हरेक राशीमा अलग अलग प्रभाव रहने गरेको छ । ज्योतिषविद्का अनुसार धनु राशीमा शनि धनका लागी त सिंह राशीमा वृद्धि विकाशमा जिम्मेदार रहन्छ ।

शनिको प्रभाव नकारात्मक र सकारात्मक दुबै हुने भएकाले कतिपय अवस्थामा यसले जिन्दगी बनाउने र बिर्गाने सम्मको स्थिति ल्याउँछ । कुन राशीमा शनिको प्रभाव कस्तो हुन्छ त ?

१. मेष राशी
मेष राशीका ब्यक्तिका लागी शनि करियरको स्वामी मानिन्छन् । शनिका कारण करियरको सुखमा बाधा आउन सक्छ र सकारात्मक लाभ पनि मिल्न सक्छ । फलामे औठी धारण गरेमा शनिको प्रभाव सकारात्मक बन्न सक्छ ।

२. वृष राशी
वृष राशीका ब्यक्तिका लागी शनि भाग्यको स्वामी मानिन्छन् । शनि कारण भाग्यमा हर प्रकारको सुख प्राप्त हुने अन्यथा भाग्यले साथ नदिने पनि हुनसक्छ । शनि प्रसन्न बनाउन शनि मन्त्रको जप गरे लाभकारी हुनेछ ।

३. मिथुन राशी
मिथुन राशीका ब्यक्तिका लागी शनि जीवन र आयुको सुख नियन्त्रित गर्ने कारक मानिन्छ । शनि राम्रो हुदाँ पनि खासै सुख पाउन नसक्ने मिथुन राशीका ब्यक्तिले शनि बिग्रदा त झन् नकारात्मक असर झेल्नु पर्ने हुन्छ । तसर्थ हरेक शनिवार अन्न दान गर्नु लाभदायी हुन्छ ।

४. कर्कट राशी
कर्कट राशीका ब्यक्तिका लागी शनि वैवाहिक सुख र सहयोग प्राप्तिको कारक मानिन्छ । शनि राम्रो भएमा वैवाहिक जीवन पनि सुधार हुन्छ । साथै जीवनमा सहयोग गर्ने ब्यक्ति समेत पाइन्छ । अन्यथा शनि स्तोत्र पाठ गरी बिग्रेको शनि सुधार्न सकिन्छ ।

५. सिंह राशी
सिंह राशीका ब्यक्तिका लागी शनि जागिर र वृद्धि विकास सुख प्रदायक मानिन्छ । अन्यथा व्यक्तिले चाहेर पनि जागिर पाउन सक्दैन । शनि खराब भएमा जीवनमा सहयोग प्राप्त हुदैन । तसर्थ जागिर पाउन पिपलको रुख मुनि दियो बाल्नु लाभदायक मानिन्छ ।

६. कन्या राशी
कन्या राशीका ब्यक्तिका लागी शनि सन्तान सुख प्रभावित पार्ने कारक मानिन्छ । शनि बिग्रेको स्थितिमा सन्तान सुख प्राप्त हुदैन । सन्तान भएमा पनि समस्या आइरहन्छ । सन्तान सुख प्राप्त गर्न शिवको उपासना लाभकारी हुन्छ ।

७. तुला राशी
तुला राशीका ब्यक्तिका लागी शनिले जीवनको हरेक क्षेत्रमा प्रभावित पार्दछ । कुनै पनि प्रकारको सुख शनि बिना तुलाले प्राप्त गर्न सक्दैन । तसर्थ शनि खराब भएमा जीवन नर्क समान हुन्छ । शनि प्रसन्न पार्न बिहान साँझ शनि मन्त्रको जप गर्नुपर्दछ ।

८. वृश्चिक राशी
वृश्चिक राशीका ब्यक्तिका लागी शनि परिवारबाट (विशेष दाजुभाइ दिदिबहिनी) प्राप्त हुने सुख प्रभावित हुने गर्दछ । अन्यथा शनि गडबड भएमा पारिवारिक सम्बन्धमा पीडा भोग्नु पर्ने हुन्छ । शनि प्रसन्न पार्न हनुमानजीको उपासना गर्नु लाभदायक हुन्छ ।

९. धनु राशी
धनु राशीका ब्यक्तिका लागी शनि आर्थिक स्थिति र पारिवारिक पृष्ठभूमिसँग सम्बन्ध राख्दछ । शनि गडबड भएमा आर्थिक बिषयको सुख प्राप्त हुदैन । यस्तो व्यक्तिले निम्न स्तरबाट जीवन शुरुवात गर्नुपर्ने हुनसक्छ । शनिवार दान गरेमा शनि प्रसन्न हुन्छन् ।

१०. मकर राशी
मकर राशीका ब्यक्तिका लागी शनि जीवन र निर्णय प्रभावित पार्ने कारक मानिन्छ । व्यक्ति समय र अवसर सही उपयोग गर्न शनि आवश्यक हुन्छ । तसर्थ शनि राम्रो हुन आवश्यक छ अन्यथा जीवन संघर्षमा बित्नेछ । शनि प्रसन्न पार्न हनुमानजीको उपासना गर्नुपर्छ ।

११. कुम्भ राशी
कुम्भ राशीका ब्यक्तिका लागी शनि व्यक्तित्व र अध्यात्म केन्द्रित हुन्छ । शनिका कारण व्यक्तित्व र आध्यात्मिक सुख पाउन सकिन्छ । अन्यथा व्यक्ति कुमार्ग र नशाको शिकार हुने सम्भावना रहन्छ । नियमित भगवानको ध्यान र पूजा उपासना गरे शनिबाट लाभ प्राप्त हुन्छ ।

१२. मीन राशी
मीन राशीका ब्यक्तिका लागी शनि नियमित रूपमा धन बर्षाउने कारक मानिन्छ । साथै वैवाहिक सुख नियन्त्रित गर्न शनिको प्रभाव नै कारक हुन्छ । व्यक्तिलाई धनको सुख नहुनुमा पनि शनि नै दोषि हुन्छ । तसर्थ शनि प्रसन्न पार्न पिपलको रुख मुनि दीपदान गर्नुपर्दछ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ६ : ५३ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर