मदन भण्डारीविरुद्ध नव जनजागृतिका विवेक चौधरीले गरे ह्याट्रिक | Khabarhub Khabarhub

मदन भण्डारीविरुद्ध नव जनजागृतिका विवेक चौधरीले गरे ह्याट्रिक


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपमा मदन भण्डारी स्पोट्स क्लबलाई पराजित गर्दै नव जन जागृति क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

कैलालीको धनगढी रंगशालामा आइतबार मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ४–० गोल अन्तरले पराजित गर्दै जन जागृति क्वार्टरफाइनलमा पुगेको हो ।

नव जनजागृती र मदन भण्डारी स्पोट्स क्लबले खेलको पहिलो हाफ गोलरहित बराबरी खलेका थिए । नव जनजागृतिको जितमा विवेक चौधरीले ह्याट्रिक गरे भने सागर चौधरीले एक गोल गरे ।

खेलको ५३ औं मिनेटमा गोल गर्दै सागरले टिमलाई अग्रता दिलाएका थिए भने विवेकले ६०, ६६ र ८० मिनेटमा गोल गर्दै ह्याट्रीकसहित टीमलाई फराकिलो जीत दिलाएका थिए ।

अब सेमिफाइनल प्रवेशका लागि जन जागृतिले सहिद स्मारक ए डिभिजन क्लब थ्री स्टार क्लबको सामना गर्नेछ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ६ : ३१ बजे

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका