१० वर्षे बालकको तौल १९३ केजी ! | Khabarhub Khabarhub

१० वर्षे बालकको तौल १९३ केजी !

यसरी घटाए वजन


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

औसतमा १० बर्षको कुनै बालकको तौल कति होला । पक्कै पनि २५/३० किलोग्राम वा बढिमा ३५ केजी सम्म होला । तर विश्वमा एक यस्ता बालक पनि छन् जसको वजन १० बर्षको उमेरमा १ सय ९३ किलोग्राम थियो ।

त्यति मात्र होइन जहाँ वयस्क मानिसको वजन ६०/७० किलोग्राम हुन्छ ती बालकले आफ्नो शरीरबाट १ सय १० किलोग्राम वजन त घटाएका मात्र छन् ।

इण्डोनेशिका आर्या परमानाले मात्र चार बर्षको अवधिमा एक सय १० किलोग्राम वजन घटाएका छन् ।

विश्वको सबैभन्दा मोटो बालकका रुपमा दर्ज भएका आर्याको वजन सन् २०१६ मा १० बर्षको हुदाँ १ सय ९३ किलोग्राम थियो । अहिले उनको वजन घटेर ८३ किलोग्रामको छ ।

यसरी वजन घटाएपछि आर्याको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनका अभिभावकका अनुसार जन्मदा आर्या साढे तीन किलोग्रामका थिए ।

आठ बर्षसम्म उनमा कुनै अस्वभाविक परीवर्तन देखिएन तर जब आर्या आठ बर्षका भए उनमा एकाएक भोक बढ्यो र उनी ज्यादा खान थाले ।

जसका कारण उनको वजन मात्र दुई बर्षमा बढेर १ सय ९३ किलोग्राम पुग्यो र उनी विश्वको सबैभन्दा मोटो बालकका रुपमा दर्ज भए ।

आर्याका पिताका अनुसार आफ्नो वजन घटाउन आर्याले निकै कडा मेहनत गरे ।

आफ्नो डाइट र व्यायाममा लगनका साथ काम गरे । यसका अलावा उनको एक पटक बैरिएट्रिक सर्जरी समेत भइसकेको छ । उनको अझै दुई पटक सर्जरी हुनेछ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ६ : २३ बजे

क्रिकेटर लामिछानेको मुद्दामा आजलाई पेसी

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति

काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत बन्द

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा

प्रविधिको दास बन्दैछ मान्छे

आजकल हरेक घर, परिवार र व्यक्तिमा हुने संवाद र सम्बन्ध

मौरीपालनका लागि अनुदान बढाउन माग

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो