पृथ्वी गोलो नभइ चेप्टो छ भनेर प्रमाणि गर्न खोज्ने व्यक्तिको मृत्यु | Khabarhub Khabarhub

पृथ्वी गोलो नभइ चेप्टो छ भनेर प्रमाणि गर्न खोज्ने व्यक्तिको मृत्यु


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्यालिफोर्निया– पृथ्वी गोलो नभइ चेप्टो छ भन्ने प्रमाणित गर्नका लागि अन्तरिक्षमा जाने खोज्ने एक अमेरिकी नागरिकको दुर्घटनामा मृत्यु भएको छ ।

‘पागल’ उपनाम गरिएका ६४ वर्षीय माइक ह्यूजले अन्तरिक्षमा जान वाष्पशक्तिबाट चल्ने एउटा रकेट बनाएका थिए ।

आफ्नो अन्तरिक्ष यात्राका लागि शनिबार रकेट प्रक्षेपण गरेका ह्यूजको रकेट दुर्घटनामा मृत्यु भएको हो ।

वाष्पशक्तिबाट चल्ने भनिएको उक्त रकेड जमिनबाट उडेको केही समयमै पुनः जमिनमै आएर बजारिएको थियो ।

अन्तरिक्षमा उड्ने ह्यूजको प्रयासलाई यूएस साइन्स टीभी च्यानलको होममेड एस्टोनट्स कार्यक्रमका लागि पूरै खिचिएको थियो । उक्त कार्यक्रमका लागि खिचिएको भिडियोमा एउटा रकेट आकाशमा उडेको केही बेरमै नजिकै जमिनमा खसेर बजारिएको देखिन्छ ।

ह्यूजले आफ्ना साथी वाल्डो स्टेक्सको सहयोगमा वाष्पशक्तिबाट चल्ने उक्त रकेटमार्फत पृथ्वीबाट ५ हजार फिट माथि (टाढा) जान खोजेका थिए ।

ह्यूजले आफ्ना साथीहरुको सहयोगमा १८ हजार अमेरिकी डलर (करिब १९ लाख नेपाली रुपैयाँ) खर्च गरेर उक्त रकेट निर्माण गरेका थिए ।

ह्यूजले धेरै अगाडि पृथ्वी गोलो नभइ चेप्टो भएको दाबी गरेका थिए । गएको मार्चमा पनि उनी रकेटमार्फत पृथ्बीबाट १ हजार ८ सय ७० फिट माथि पुगेका थिए । जहाँबाट उनी प्यारासूटमार्फत फर्किएका थिए ।

ह्यूजले सन् २००२ मा कार उडाएर १ सय ३ फिटको दूरी पार गरी गिनिज बूक अफ वर्ल्ड रेकर्ड्समा समेत नाम लेखाएका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ४ : २९ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र