जन्मदिन मनाउन प्रधानमन्त्री ओली आउनेभएपछि गाउँपालिकाले दियो सार्वजनिक विदा | Khabarhub Khabarhub

जन्मदिन मनाउन प्रधानमन्त्री ओली आउनेभएपछि गाउँपालिकाले दियो सार्वजनिक विदा


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम – प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि ६९ औं बर्षमा प्रवेश गरेका छन् । जन्मदिनलाई विशेष बनाउन प्रधानमन्त्री ओली आफू जन्मेकै स्थान तेह्रथुम-आठराई जाँदैछन् ।

तेह्रथुमको आठराईमा रहेको आफ्नो पुर्ख्यौली घरमा प्रधानमन्त्री ओलीले जन्मदिन मनाउन लागेका हुन् ।

आफ्नो जन्मदिन मनाउन इवा जान लागेका प्रधानमन्त्री ओलीले आफू जन्मिएको घरलाई दशैं अघि नै पुनर्निर्माण गर्न लगाएका थिए ।

जन्मदिन मनाउन प्रधानमन्त्री ओली आउने भएपछि आठराई गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।

एक सूचना प्रकाशित गर्दै गाउँपालिकाले आइतबार गाउँपालिका र मातहतका सरकारी कार्यालय, विद्यालयहरुमा स्थानीय विदा दिएको हो ।

साथै गाउँपालिकाले कर्मचारी, विद्यार्थी तथा शिक्षकलाई तोकिएको पोशाकमा उपस्थित हुन पनि भनेको छ ।

‘यहि मिति २०७६/११/११ गतेका दिन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूबाट विभिन्न विकास निर्माणका कार्यक्रमहरुको शिलान्यास गर्ने कार्यक्रम तय भए बमोजिम यस आठराई गाउँपालिकामा पाल्नुहुने कार्यक्रम रहेकाले यस गाउँ कार्यपालिकाको मिति २०७६/११/०६ गतेको निर्णय अनुसार यस आठराई गाउँपालिका र मातहतका सरकारी कार्यालय, विद्यालयहरुमा स्थानीय विदा दिने निर्णय भए बमोजिम मिति २०७६/११/११ गतेका दिन सार्वजनिक विदा दिएको सम्बन्धित सम्पूर्णमा जानकारी गराईन्छ,’ गाउँपालिकाले प्रकाशित गरेको सूचनामा भनिएको छ, ‘उक्त दिन गाउँपालिकासँग सम्बन्धित सम्पूर्ण कार्यालयमा कार्यरत कर्मचारी, विद्यालयका शिक्षकहरु तोकिएको पोशाकमा उपस्थित भई दिनुहुन समेत जानकारी गराईन्छ ।’

प्रधानमन्त्री ओलीले त्यहाँ एक स्थानीय बाटोको शिलान्यास गर्नुको साथै र नेपाल बैंकको उद्घाटन गर्नेछन् ।

ओलीको जन्म २००८ साल फागुन ११ गते तेह्रथुमको आठराईमा भएको थियो भने २०२० सालमा ओली परिवार झापा बसाईं सरेको थियो।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  १० : ३० बजे

आँखा शिविरबाट दुई सय बढी लाभान्वित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा

एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

लुम्बिनी– पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको

सहकारी प्रकरणमा छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय गर्न

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपरासी– जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा

अफगानिस्तानको बाढीमा परि कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं– मध्य अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५०