राष्ट्रिय सभा चुनावः प्रदेश २ मा अल्पसंख्यकतर्फ राजपाका सिंह विजयी | Khabarhub Khabarhub

राष्ट्रिय सभा चुनावः प्रदेश २ मा अल्पसंख्यकतर्फ राजपाका सिंह विजयी


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश २ को राष्ट्रियसभा निर्वाचन अन्तर्गत अल्पसंख्यकतर्फ राष्ट्रिय जनता पार्टी (राजपा) का शेखरकुमार सिंह विजयी भएका छन् ।

उनले नेपाली कांग्रेसका उमेदवार भोला पञ्‍जियारलाई पराजित गरेका हुन् । शेखरकुमारले स्थानीयतर्फ स्थानीतर्फ १५१ मत प्रदेशतर्फ ५८ मत गरी कुल ५५०२ मतभार प्राप्त गरेका छन् ।

त्यसैगरी कांग्रेसका भोला पञ्‍जियारले स्थानीय १२० स्थानीयतर्फ र प्रदेशतर्फ ४९ मत गरी ४२१२ मतभार प्राप्त गरेका छन् ।

यसअघि प्रदेश २ कै अन्य समूहबाट राष्ट्रियसभामा मृगेन्द्र सिंह यादव निर्वाचित भइसकेका छन् । राजपाबाट उम्मेदवारी दिएका मृगेन्द्र सिंहले आफ्नै भाइ समाजवादी पार्टीका उम्मेदवार अनिरुद्ध सिंहलाई पराजित गरेका हुन्।

मृगेन्द्र सिंहले ५ हजार ४ सय र अनिरुद्रले ४ हजार ५ सय १२ मतभार पाए । प्रदेश २ मा राजपा र नेकपा तथा नेपाली कांग्रेस र समाजवादी पार्टी मिलेर चुनावी प्रतिस्पर्धा गरेका थिए ।

नेकपा राजपा गठबन्धनकै महिला उम्मेदवार तुलसा दाहाल र दलित उम्मेदवार राधेश्याम पासवान विजयी भइसकेका छन्।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ७ : १७ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन