अदालतमा मुद्दाको सुनुवाई चलिरहँदा भारततर्फ ‘भागे’ सिद्धबाबा | Khabarhub Khabarhub

अदालतमा मुद्दाको सुनुवाई चलिरहँदा भारततर्फ ‘भागे’ सिद्धबाबा


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– महिला अनुयायीमाथि जबरजस्ती करणी (बलात्कार) गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्ण दास गिरी भारततर्फ ‘भागेका’ छन् ।

सुरक्षाका लागि सरकारले खटाएका प्रहरीलाई फिर्ता पठाएर गिरी जोगबनी नाका हुँदै भारततर्फ भागेका हुन् ।

विराटनगर उच्च अदालतमा आफूविरुद्धको बलात्कार मुद्दामा सुनुवाई चलिरहकै बेला गिरी भने अदालतमा समेत उपस्थित नभइ भारततर्फ भागेका हुन् ।

बलात्कार आरोपमा पक्राउ परेका गिरीलाई जिल्ला अदालत सुनसरीले धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

जिल्ला अदालत सुनसरीको आदेशविरुद्ध उच्च सरकारी वकिल कार्यालय विराटनगरले उच्च अदालतमा ‘पुनरावलोकन’ मुद्दा दायर गरेको थियो ।

गत पुस २३ गते दर्ता भएको मुद्दामा उच्च अदालत विराटनगरले बिहीबार तेस्रो पटक पेशी तोकेको थियो । बिहीबार उच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र प्रेमराज कार्कीको संयुक्त इजलाशमा सुनुवाई भइरहेको छ ।

बिहीबार बिहान सुनसरीको चतरास्थित आश्रमबाट उच्च अदालत जान भनेर हिँडेका सिद्धबाबा अदालत नै नपुगी जोगबनी नाकातर्फ लागेका थिए ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ४ : ४३ बजे

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका