मनाङ्गेलाई पक्राउ गर्न अदालतबाट अनुमति लिँदै प्रहरी | Khabarhub Khabarhub

मनाङ्गेलाई पक्राउ गर्न अदालतबाट अनुमति लिँदै प्रहरी


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेशका प्रदेशसभा सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) पक्राउ पर्ने भएका छन् ।

प्रहरीले मनाङ्गेलाई पक्राउ गर्न आज जिल्ला अदालतबाट अनुमति लिने र पक्राउ गर्ने तयारी गरेको छ ।

मनाङ्गे विरुद्ध एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले आफूमाथि आक्रमण गरेको भन्दै उजुरी दिएका थिए । सोही उजुरीमाथि छानबिनका लागि मनाङ्गेलाई पक्राउ गरिने र त्यसका लागि अदालतसँग आज अनुमति लिइने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी राजकुमार केसीले जानकारी दिए ।

पोखरामा जारी मुख्यमन्त्री कपको उद्घाटन कार्यक्रममै मनाङ्गेले एन्फा अध्यक्ष गुरुङलाई झापड हानेका थिए ।

गुरुङले बुधबार बिहान पत्रकार सम्मेलन गर्दै आफूमाथि अन्याय भएको भन्दै न्यायका लागि प्रहरीकहाँ उजुरी दिने जानकारी गराएका थिए ।

उनले बुधबार नै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता गराएपछि मनाङ्गेले पनि बेलुका पत्रकार सम्मेलन गर्दै आफूमाथि ठगी गरेका कारण झापड हानेको बताएका थिए ।

उनले आफ्ना १८ जना खेलाडीलाई गुरुङले अलपत्र पारेको आरोप पनि लगाएका छन् ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  १० : ५१ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन