संसद विघटनविरुद्ध जसपाद्वारा आन्दोलन घोषणा | Khabarhub Khabarhub

संसद विघटनविरुद्ध जसपाद्वारा आन्दोलन घोषणा


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)ले संसद विघटनविरुद्ध आन्दोलन घोषणा गरेको छ ।

काठमाडौंमा बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध ५ दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

बैठकले देशव्यापी प्रदर्शनदेखि मसाल जुलुससम्मका कार्यक्रम घोषणा गरेको छ ।  समितिका सदस्य केशव झाका अनुसार पुस ८ गते देशव्यापी प्रदर्शन, ९ गते आन्दोलन र संघर्ष तयारीका लागि देशभरी पार्टी कमिटीहरुका बैठक, १० गते राष्ट्रपति र प्रधानमन्त्रीको सबै जिल्लामा पुत्ला दहन गर्ने, ११ गते मसाल जुलुस र १२ गते सबै जिल्लामा बृहत् प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।

जसपाले संसद अझै जीवित रहेको निष्कर्ष निकाल्दै अधिवेशन आह्वान गर्न सभामुखलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ६ : ४६ बजे

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण