आर्मी क्लबले पायो एएफसी क्लब लाइसेन्स | Khabarhub Khabarhub

आर्मी क्लबले पायो एएफसी क्लब लाइसेन्स


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभागीय टोली त्रिभुवन आर्मी क्लबले एएफसी क्लब लाइसेन्स प्राप्त गरेको छ । मंगलबार आर्मी क्लबले एएफसी लाइसेन्स हात पारेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ ।

एएफसी क्लब लाइसेन्सिङ रेगुलेसन २०२० मा भएको मापदण्ड पुरा गरेसँगै आर्मीले लाइसेन्स पाएको एन्फाले जानकारी दिएको छ।

अब क्लबको नाम ‘त्रिभुवन आर्मी फुटबल क्लब’ रुपमा एएफसीमा दर्ता भएको छ ।

क्लब लाइसेन्सिङको मापदण्ड पुरा नभएपछि नोभेम्बरमा नेपालका १३ ए डिभिजन क्लबहरुको प्रस्ताव अस्वीकार भएको थियो । तर, आर्मी क्लबले एएफसीको गाइडलाइन अनुसार काम गर्दा लाइसेन्स प्राप्त गरेको छ ।

एएफसी लाइसेन्स पाउने आर्मी क्लब पहिलो बनेको छ । योसँगै एएफसीको क्लब फुटबलमा आर्मीले खेल्न पाउने बाटो भने खुला भएको छ । लिग बिजेताले एएफसी कप खेल्न पाउने प्रावधान छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ३ : २९ बजे

सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको विकास, विस्तार र

अवैध रूपमा अमेरिकी प्रविधि निर्यात गर्ने दुई चिनियाँविरुद्ध मुद्दा दायर

वासिङ्टन डिसी– संयुक्त राज्य अमेरिकाको न्याय विभागले संयुक्त राज्य अमेरिकाको

सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकार दृढ छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको

आईपीएल : आज सनराइजर्स र राजस्थान भिड्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४