बेहुलीको सारी मन नपरेपछि बेहुला मण्डपबाटै फरार | Khabarhub Khabarhub

बेहुलीको सारी मन नपरेपछि बेहुला मण्डपबाटै फरार


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको कर्नाटकमा विवाहको बीचमै दूलहा भागेका छन् । दूलहाले विवाहमा आएका आफन्तहरुलाई दुलहीले लगाएको सारी मन नपरेपछि भागेको कुरा बताएका छन् ।

उनीहरुले प्रेमपछि विवाह गरेका थिए । यो घटना भारतको हासन जिल्लाको हो । २९ वर्षका दुलहा बीएन रघुकुमार बेहुलीले नराम्रो सारी लगाएकै कारण भागेको कुरा भारतीय सञ्चारमाध्यामहरुले बताएका छन् ।

हासनका एसपी श्रीनिवास गौडानका अनुसार रघुकुमार र संगीताले लामो समयदेखिको प्रेमलाई विवाहमा परिणत गरेका थिए ।

जब विवाह हुँदै थियो तब संगीता सारी लगाएर मञ्चमा आएकी थिइन् । उनले लगाएको सारी मन नपरेपछि रघुकुमार त्यहाँबाट फरार भएका थिए ।

रघुकुमारका आमा बुबाले संगीताले लगाएको सारी निम्न क्वालेटिको भएको कारणले रघुकुमार भागेको बताएका छन् । पुलिसले रघुकुमारलाई धोका दिएको भन्दै केश दर्ता गराएको छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ५ : १४ बजे

इलामको एक मतदान केन्द्रमा विवाद, स्वतन्त्र उम्मेदवारका प्रतिनिधिको मुढा खोसियो

इलाम – इलाम नगरपालिका-७ स्थित रत्नराज्य बहुमुखी क्याम्पस मतदान केन्द्रमा

इलाम–२ मा अहिलेसम्म २२ प्रतिशत मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा

भारतमा विद्युतीय मतदानबारे परेको रिट खारेज

एजेन्सी – भारतमा लोकसभा निर्वाचनअघि विद्युतीय मतदानबारे परेको रिट त्यहाँको

हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित

हुम्ला– हुम्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको