विप्लव समूहका सैन्य लडाकु पेस्तोलसहित पक्राउ | Khabarhub Khabarhub

विप्लव समूहका सैन्य लडाकु पेस्तोलसहित पक्राउ


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सैन्य लडाकुलाई मोरङको उर्लाबारीबाट प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ ।

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ घर भई मोरङमा बसेर पार्टीको गतिविधीमा संलग्न रहँदै आएका ३२ वर्षीय पेम्बा साङ्गे शेर्पालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

पक्राउ परेका शेर्पाको साथबाट मेड इन यूएसए लेखिएको एउटा पेस्तोल, म्यागजिन, तीन राउण्ड गोली, पार्टीको पर्चा र पम्प्लेट तथा अन्य दास्तावेजहरु पनि बरामद भएको एसपी खड्काले जानकारी दिए ।

खड्काका अनुसार विशेष सूचनाका आधारमा शेर्पालाई उर्लाबारी नगरपालिका–६ तरुण चोकस्थित राधिका माध्यमिक विद्यालय नजिकबाट शनिबार साँझ ७ बजेतिर पक्राउ गरिएको हो ।

पक्राउपछि हिरासतमा लिइएका शेर्पा ‘विप्लव’ समूहको ४ नम्बर कम्पनीका सेक्सन कमान्डर भएको बताइएको छ ।

उनीविरुद्ध हातहतियार खरखजना ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  १० : १७ बजे

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई

युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको दाबी

मस्को – रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको

चितवनमा चालुआवको हालसम्म ६ बाघ मृत भेटिए

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा