टोटेनहम प्रिमियर लिगको शीर्ष स्थानमा | Khabarhub Khabarhub

टोटेनहम प्रिमियर लिगको शीर्ष स्थानमा


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- टोटेनहम प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति म्यान्चेष्टर सिटीमाथि २–० को जित हात पार्दै टोटेनहम शीर्ष स्थानमा उक्लिएको हो ।

टोटेनहमका प्रशिक्षक जोसे मौरिन्होले सिटी प्रशिक्षक पेप ग्वार्डीओलामाथि कठिन जित निकालेका हुन् ।

सिटीले बल पोजिसन र गोलको धेरै अवसर सिर्जना गरेपनि टोटेनहमले खेलमा बाजी मार्‍यो ।

सन ह्युङ मिन र वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका जियोवानी लो सेलोले घरेलु टोलीलाई जित दिलाउन एक/एक गोल गरे ।

टोटेनहमले लिगमा लगातार चार खेलमा जित निकालेको हो ।

खेलको पाँचौ मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । ६५औँ मिनेटमा ह्यारी केनको पासलाई सदुपयोग गर्दै जियोवानी लो सेलोले घरेलु टोलीका लागि दोस्रो गोल गरेका थिए ।

टोटेनहमले प्रिमियर लिगमा चेल्सी र लेस्टर सिटीसंग २ अंकको अग्रता लिएको छ । शीर्ष स्थानको टोटेनहमले २० अंक जोडेको छ । पराजित सिटी तालिकाको १०औँ स्थानमा छ ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ६ : ३९ बजे

इलाममा मतगणना स्थल थपियो, तीन गाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेटः एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी