साँखुमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु | Khabarhub Khabarhub

साँखुमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शङ्खरापुर नगरपालिकाको साँखुमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी काभ्रेको मण्डनदेउपुर नगरपालिका निवासी प्रह्लाद बस्ताकोटीको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जानुका खरेलले जानकारी दिए ।

१३५७ अस्थायी नम्बरको नयाँ टेम्पो साँखु–कात्तिके सडकखण्डको लम्बुडाँडा मोडबाट २०–२५ मिटर तल खसेको थियो ।

दुर्घटनामा चार जना घाइते भएका छन् । घाइते सबैको अवस्था सामान्य रहेको खरेलले बताए । उनीहरुको साँखुस्थित पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  १२ : १० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम