अफगानिस्तानको जलालावादमा भागदौड, १५ जनाको मृत्यु | Khabarhub Khabarhub

अफगानिस्तानको जलालावादमा भागदौड, १५ जनाको मृत्यु


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अफगानिस्तानको जलालावादमा भागदौडमा मच्चिदा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

जलालावादमा रहेको पाकिस्तानी कन्सुलेटमा लागेको ठूलो भिडभाडका क्रममा सो भागदौड भएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

अफगानी सञ्चारमाध्यमहरुले जनाएअनुसार ठूलो संख्याका नागरिकहरु प्रवेशाज्ञा लिनका लागि लाम लागेर बसेका थिए । सोही क्रममा अकस्मात भागदौड भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उक्त कन्सुलेटमा लाइनमा लागेका महिलालाई लक्षित गरेर बुधबार अपराह्न बम पड्किएको हल्ला मच्चाइएपछि भागदौड भएको बताइएको छ ।

स्थानीय सञ्चारमाध्यम टोलो न्युज टेलिभिजनका अनुसार घटनामा अरू १० जना घाइते भएका छन् । मृत्यु भएकाहरू पाकिस्तानका र अफगानिस्तानका हुन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ५ : ३७ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड