चीनले राख्यो अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको 'फेक' भिडियो | Khabarhub Khabarhub

चीनले राख्यो अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको ‘फेक’ भिडियो


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकासँगको बढ्दो तनावका बीच चिनियाँ वायुसेनाले प्रशान्त महासागरको गुआम द्विपमा आक्रमण गरेको नक्कली भिडियो सार्वजनिक गरेको छ ।

उक्त भिडियोमा चिनियाँ सेनाले आफ्नो एच–६ परमाणु बमवर्षक विमानको प्रयोग गरेको देखाइएको छ । साथै भिडियोमा बमवर्षक विमानले बम खसाइरहेको देख्न सकिन्छ ।

अमेरिकाका एक शीर्ष अधिकारीको ताइवान यात्रालगत्तै यो भिडियो सार्वजनिक गरिएको थियो । उक्त भिडियो पिपुल्स लिबरेशन आर्मीको भिभो अकाउण्टमा शनिबार राखिएको थियो ।

चिनियाँ वायुसेनाको २ मिनेट १५ सेकेण्डको यो भिडियोमा चिनियाँ विमान कुनै मरुभूमिबाट उडेको देख्न सकिन्छ ।

पाइलटले एउटा बटन दबाउँछन् । उक्त बटन दबाएपछि एउटा मिसाइल समुद्र किनारको एक रनवेमा खस्छ । यो स्थान गुआकस्थित सैन्य अड्डाजस्तै देखिन्छ ।

यसलाई अधिकारीहरुले नक्कली भिडियो भएको बताएका छन् । कतिपयले भने चीनले शक्ति प्रदर्शन गरेको बताएका छन् ।

 

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ४ : ३५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र