एकैदिन काठमाडौँ भित्रने २२ हजार, बाहिरिने २५ हजार | Khabarhub Khabarhub

एकैदिन काठमाडौँ भित्रने २२ हजार, बाहिरिने २५ हजार


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो २४ घण्टामा विभिन्‍न नाका प्रयोग गरी २२ हजार ८ सय ४६ यात्रु काठमाडौं उपत्यकामा भित्रिएका छन् । यस्तै २५ हजार २ सय ६४ जना यात्रु बाहिरिएका छन् ।

यही अवधिमा ५ हजार २ सय ४ वटा सवारीसाधन उपत्यका भित्रिएका छन् । ४ हजार ८ सय ८० सवारीसाधन उपत्यकाबाट बाहिरिएका छन् ।

महानगरीय ट्राफिक महाशाखाका एसपी रामेश्वरप्रसाद यादवले नाकामा सरकारले तोकेको मापदण्ड पूरा गरे/नगरेको जाँच भइरहेको बताए । उनका अनुसार दैनिक २५ हजारको हाराहारीमा उपत्यका भित्रिने र बाहिरिने यात्रु छन् ।

काठमाडौं उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको छ । विभिन्‍न नाका हुँदै उपत्यका भित्रिने र बाहिरिने लामो दूरीका सवारीसाधन पनि सामान्य रुपमै सञ्‍चालन भइरहेको एसपी यादवले जानकारी दिए ।

उपत्यकामा आज जोर नम्बरका सवारीसाधन सञ्‍चालन भइरहेका छन् । नम्बर प्लेटको अन्तिम अंकका आधारमा सवारीसाधनको जोर-बिजोर छुट्याइएको हो ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  २ : २१ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड