इब्रामोभिचको दुई गोलमा एसी मिलान विजयी | Khabarhub Khabarhub

इब्रामोभिचको दुई गोलमा एसी मिलान विजयी


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जाल्टन इब्रामोभिचको दुई गोलमा एसी मिलानले बोलोग्नालाई पराजित गरेको छ ।

इटालीयन सिरी ए मा सोमबार राति भएको खेलमा एसी मिलानले बोलोग्नालाई २–० गोल अन्तरले पराजित गरेको हो ।

सुरुदेखि नै आक्रामक बनेको एसी मिलानका लागि अनुभवी खेलाडी इब्रामोभिचले खेलको ३५ र ५१औं मिनेटमा गोल गरेका हुन् ।

थिओ हर्नान्डेजको असिस्टमा पहिलो गोल गरेका उनले दोस्रो गोल भने पेनाल्टीमार्फत् गरेका हुन् ।

बोलोग्नाका खेलाडीले एसी मिलानका खेलाडीलाई पेनाल्टी क्षेत्रमा फाउल गरेपछि पेनाल्टीको अवसर पाएको थियो ।

उक्त पेनाल्टी प्रहार गरेका इब्रामोभिचले अवसरको सदुपयोग गर्दै व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरेका हुन् ।

सिजनको पहिलो खेलमा दुई गोल गर्दै इब्रामोभिचले राम्रो सुरुवात गरेका छन् भने टोलीले पनि जितसँगै नयाँ सिजनको सुरुवात गरेको छ ।

जित हात पारेको एसी मिलानले अंक तालिकामा खाता खोलेको छ भने पराजित ओलोग्नाको पहिलो खेलमा भने हार बेहोरेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ९ : १५ बजे

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)