कतारमा आवासीय अनुमति सकिएको ९० दिनभित्र रोजगारदाता परिवर्तन गर्न पाउने | Khabarhub Khabarhub

कतारमा आवासीय अनुमति सकिएको ९० दिनभित्र रोजगारदाता परिवर्तन गर्न पाउने



दोहा- कतारले आप्रवासी श्रमिकले आफ्नो आवासीय अनुमति (रेजिडेन्सी पर्मिट)सकिएको ९० दिनभित्र रोजगारदाता परिवर्तन गर्न पाउने भएका छन् ।

कतारको आधिकारिक राजपत्रमा प्रकाशित गरिएको नयाँ निर्णय अनुसार प्रवासीहरूले आफ्नो आवासीय अनुमति समाप्त भएको मितिपछिका ९० दिन भित्र पनि आफ्नो काम परिवर्तन गर्न पाउनेछन् ।

रोजगारदाता परिवर्तन गर्न चाहने श्रमिकको आवासीय अनुमति (रेजिडेन्सी पर्मिट)वैध हुनु पर्ने वा श्रमिकको कावु बाहिरको अवस्थामा रहेर त्यस्तो अनुमतिको समयावधि सकिएको ९० दिन नकटेको हुनुपर्ने नयाँ कानूनले स्पष्ट पारेको छ ।

नयाँ निर्णय अनुसार यदि कुनै रोजगारदाताले त्यसरी श्रमिकलाई रोजगारीमा लगाउन चाहेमा नयाँ सम्झौता पत्रसहित आवेदन दिन सक्नेछन् ।

यस सम्बन्धमा भएका प्रक्रियाहरू अनुशरण गरी आप्रबासी कामदारले  प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयमा सम्बन्धित विभागलाई जानकारी गराउनु पर्ने जनाइएको छ ।

योसंगै अब नेपाली लगायत अन्य आप्रबासी कामदारले आफ्नो दक्षता अनुसारको काम खोजेर सजिलै कम्पनी परिवर्तन गर्न पाउने भएका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ८ : २७ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल

इलाम अपडेट : एमाले– १०४१९, कांग्रेस– ७०६२, मतान्तर– ३३५७

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।