विश्वभर ३ करोड १४ लाखभन्दा बढी मानिसलाई कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

विश्वभर ३ करोड १४ लाखभन्दा बढी मानिसलाई कोरोना भाइरसको संक्रमण


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर ३ करोड १४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख २६ हजार ८५२ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड १४ लाख ७५ हजार १८९ पुगेको छ ।

यस्तै एकै दिन थप ४ हजार २८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ६९ हजार १२० पुगेको छ ।

एकै दिन २ लाख ७० हजार ६१९ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका मंगलबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड ३१ लाख १ हजार १६५ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७३ प्रतिशत बढी हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १६ हजार ६६८ जनाको मृत्यु भएको छ । ४४ लाख ८३ हजार ६१५ जना संक्रमित भएकोमा २३ लाख ९५ हजार ६५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ९९ हजार ४६० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८४ लाख २ हजार ३६० पुगेको छ । त्यसमध्ये ५२ लाख ६२ हजार १०७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ७८ हजार ८४५ जनाको मृत्यु भएको छ । ९५ लाख ७२ हजार ७७६ जना संक्रमित भएकोमा ७८ लाख ९२ हजार ८ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ३९ हजार ११२ जनाको मृत्यु भएको छ । ७५ लाख ६४ हजार ९१२ जना संक्रमित भएकोमा ६३ लाख ५७ हजार ७५६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३४ हजार १३३ जनाको ज्यान गएको छ भने १४ लाख २० हजार २३२ संक्रमित छन् । संक्रमितमध्ये ११ लाख ६६ हजार ४७५ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ८८७ जनाको मृत्यु भएको छ । ३० हजार ५७३ जना संक्रमित भएकोमा २७ हजार १०३ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ५ : ५२ बजे

मधेस प्रदेश चालु आर्थिक वर्षमा करिब १६ प्रतिशत बजेट मात्रै खर्च

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा करिब १६

डेडिकेटेड ट्रंकलाइन महसुल विवादमा आयोगको प्रतिवेदन

काठमाडौं– सरकारले उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीचमा पैदा भएको डेडिकेटेड

काठमाडौं शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं– काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेको छ ।

ठूला दलबीच सहकार्य आवश्यक : रमेश लेखक

कञ्चनपुर– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबीच

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ ।