डेंगुको खतराबाट बच्ने उपाय र लक्षण | Khabarhub Khabarhub

डेंगुको खतराबाट बच्ने उपाय र लक्षण


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक सरुवा रोग हो, डेंगु ज्वरो । यो रोग डेंगु भाइरसको संक्रमणबाट लाग्ने गर्दछ ।

डेंगु विषाणुद्धारा संक्रमित एडिज एजिष्टाई जातको पोथी लामखुट्टेबाट सर्दछ । डेंगुका कारण वर्षेनी विश्वभर करोडौं मानिस संक्रमित हुने गर्दछन् ।

लक्षण
– डेंगु भएमा एक्कासी उच्च ज्वरो आउने गर्दछ । यो नै डेंगुको मुख्य लक्षण हो ।
– डेंगु ज्वरो ५ देखि ७ दिनसम्म रहन्छ ।
– डेंगु भएमा बेस्सरी टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने हुन्छ ।
– शरिरमा विमिरा आउने, हाडजोर्नी तथा मांसपेशीहरु दुख्नु पनि डेंगुको लक्षण हो ।
– डेंगु हुदाँ वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने हुन्छ ।
– यसको संक्रमण भएमा नाक वा गीजाबाट रगत बग्ने, रक्तश्राब हुने लक्षण देखा पर्दछ ।
– शरीरमा निल डाम देखा पर्ने, बेहोस हुनु आदी लगायतका लक्षण पनि डेंगुको लक्षण हो ।

सर्तकता
डेंगु सार्ने लामखुट्टेले पानीमा फुल पार्दछ । यसको पोथी लामखुट्टेले पानी जम्ने खाली ड्रम, छतमा राखिएका गमला, टिनका डब्बा, टायर, ट्यूवेल लगयतका स्थानमा फुल पार्दछ । अधिकाशं यी लामखुट्टेले दिउसो मात्र टोक्ने गर्दछन् । तसर्थ लामो बाहुला भएका कपडा लगाउने, दिउसो सुत्दा पनि झुलभित्र मात्र सुत्ने, लामखुट्टे भगाउने धुप, मल्हम वा लिक्विडको प्रयोग गर्नु पर्दछ ।

कसरी बच्ने ?
डेंगु ज्वरोविरुद्ध अहिलेसम्म कुनै खोपको विकस नभएकोले डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु नै सबैभन्दा उत्तम विकल्प हो ।

यसको टोकाईबाट बच्न घर, आगन, घर आसपासका पानी जम्ने भाडाहरु सफा गर्नु पर्दछ । साथै घरवरीपरी सकेसम्म पानि जम्न दिनुहुदैन, आसपासका ढल, पोखरी आदिमा नियमित सरसफाई गर्नु पर्दछ ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ११ : ०४ बजे

झलनाथ खनाललाई प्रश्न : एकीकृत समाजवादी पनि फुट्न लागेको हो ?

काठमाडौं– सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झालनाथ खनालले

सर्लाही कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी, व्यवस्थापनमा समस्या

बरहथवा– जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदीबन्दी पुगेपछि व्यवस्थापनमा

ओझेलमा चुरे क्षेत्रका प्राकृतिक ताल

गोदावरी– चुरे क्षेत्रमा रहेका प्राकृतिक ताल संरक्षणको अभावमा ओझेलमा पर्दै

पेस्तोल देखाएर ८० लाख लुटपाट

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ बाट एक जनाको ८०

हिरासत छलेर अस्पतालमा बस्नेलाई रोक्न गृहले जारी गर्‍यो तीन बुँदे मापदण्ड

काठमाडौं- कुनै घटनाको अनुसन्धान र अभियोजनका लागि पक्राउ परेका व्यक्तिहरू