गहिराई पत्ता नलागेको कुण्ड | Khabarhub Khabarhub

गहिराई पत्ता नलागेको कुण्ड


७ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वमा केहि यस्ता रहस्य छन् जो अझैसम्म रहस्यमयी अवस्थामा नै छन् । अर्थात यसको यर्थाथ बारे वैज्ञानिकले समेत पत्तो लगाउन सकेका छैनन् ।

भारतमा रहेको एक कुण्डका बारेमा अझैसम्म वैज्ञानिकले यो कति गहिराईको छ भन्नेबारे पत्तो लगाउन सकेका छैनन् ।

भारतको मध्यप्रदेशको छतरपुर जिल्लाको बाजना गाउमा रहेको यस रहस्यमयी कुण्डको नाम हो, भिम कुण्ड ।

यो कुण्डका बारेमा महाभारतमा उल्लेख भएको स्थानीयको दाबा छ । महाभारत कालमा जब पाण्डव अज्ञातवासमा थिए । त्यसबेला तिर्खाले आकुल ब्याकुल भएको बेला भिमले आफ्नो गदालाई पृथ्वीमा पछारेर यो कुण्ड बनाएको स्थानीयको कथन छ । कुण्ड बनेपछि उनीहरुले यहिबाट आफ्नो पानी तिर्खा मेटेका थिए ।

बाहिरबाट झट्ट हेर्दा यो कुण्डको आकार गदाको आकारसँग मिल्दो छ । अन्य आम कुण्ड जस्तै देखिएपनि यसको विशेषता भने निकै रोचक छ । अर्थात एशियामा कुनै पनि प्राकृतिक आपत्त् (बाढी, हुण्डरी, सुनामी) आउनु अघि कुण्डको पानि आफै बढ्ने गर्दछ ।

यतिमात्र होइन यस रहस्यमयी कुण्डको गहिराईसमेत आजसम्म कसैले पत्ता लगाउन सकेका छैनन् । यसका लागी स्थानीय प्रशासनदेखि विदेशी वैज्ञानिकसम्मको प्रयास निर्रथक भएको छ । यहाँसम्म कि चर्चित डिस्कभरी च्यानलले समेत यसको गहिराई पत्ता लगाउन गरेको प्रयास सफल भएन ।

केहि विदेशी वैज्ञानिकले यस कुण्डको गहिराई पत्ता लगाउन २ सय मिटरसम्म क्यामेरा पठाएका थिए । तर पनि यसको गहिराई पत्ता लगाउन सकेनन् । आजसम्म पनि वैज्ञानिकसँग यसको गहिराई र प्राकृतीक विपत्का बेला कुण्डको पानी बढ्नुको कारणबारे कुनै जवाफ छैन ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  १० : ३६ बजे

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने

मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा

कैलाली – सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

वेनचाङ – चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग

काठमाडौं –काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।