खेलमा फर्किन पाउने भएपछि खेलाडीहरू खुसी | Khabarhub Khabarhub

खेलमा फर्किन पाउने भएपछि खेलाडीहरू खुसी



काठमाडौं– सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय खेलकुद प्रशिक्षण सुरु गर्ने अनुमति दिएपछि खेलाडीहरूले राहत महसुस भएको प्रतिक्रिया दिएका छन् ।

नोबेल कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्न थालेछि फागुन अन्तिम सातादेखि सरकारले खेल गतिविधि बन्द गराएको थियो । यसपछि खेलाडीहरू घरमा बस्न बाध्य थिए । चार महिनाभन्दा धेरै समय मैदानबाट टाढा रहेका खेलाडीहरू अभ्यासमा फर्किन आतुर देखिएका छन् ।

कोरोना संक्रमणको जोखिम कम नभएकाले सर्तकताका साथ अभ्यासमा जुट्ने योजनामा रहेका खेलाडीहरूलाई सरकारको निर्णयले राहत दिएको छ ।

दिनभर मैदानमा हुनुपर्ने खेलाडी चार महिनादेखि घरमा बस्नु पर्दा फिटनेस र सामूहिक अभ्यासमा असर परेको राष्ट्रिय फूटबल टोलीका गोलरक्षक विकेश कुथुको भनाइ छ । उनले भने, ‘सरकारको निर्णयले केही राहत महसुस भएको छ ।’

विकेशजस्तै राष्ट्रिय भलिबल टोलीका खेलाडी टेकबहादुर अवस्थी, कराते खेलाडी अनु अधिकारी र भारत्तोलनकी सञ्जु चौधरी सरकारको निर्णयले राहत महसुस भएको भन्दै खुसी प्रकट गर्छन् ।

कोरोना भाइरसको जोखिम कम हुँदै गएपछि विदेशतिर पनि एकपछि अर्को गर्दै खेलकुद गतिविधि सुरु भएका छन् । दक्षिण एसियाली क्षेत्रमा नेपाली खेलकुदमात्रै ठप्प छ । अन्य देशहरूमा टोकियो ओलम्पिकका लागि खेलाडीहरूलाई अभ्यासमा फर्काइएको छ ।

तह्रौँ दक्षिण एसियाली खेलकुद (साग) मा करातेकी पदक विजेता अनु अधिकारी असारदेखि नै अभ्यासमा फर्किएकी छन् । सरकारले खेलकुद गतिविधि सुरु गर्ने निर्णय गरेकोले आशा जागेको उनले बताइन् । उनले भनिन् ‘सरकारले खेल गतिविधि खुला गर्ने निर्णय गरेको छ । अब प्रतियोगिताहरू हुने अपेक्षा गरेकी छु ।’

लामो समयमा घरमा बस्दा खेलमा फर्किन झण्डै एक महिना लागेको अनुको अनुभव छ । अहिले उनी पुरानो लयमा फर्किसकेको उनले बताइन् । उनले भनिन्, ‘अभ्यास सुरु भएको एक महिना हुन लाग्यो । पुरानो लयमा फर्केकेको महसुस भइरहेको छ ।’

भलिबल खेलाडी टेकबहादुर कोर्टमा फर्किन आतुर छन् । घरमा बस्दा फिटनेसका लागि धेरै काम गर्न नसकेको उनले बताए ।

गत वर्ष नेपालमा भएको एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा राष्ट्रिय टोलीबाट डेब्यु गरेका टेकबहादुरले सरकारको निर्णयले राहत मिलेको बताए । पहिलेकै जसरी खेल्न त झण्डै एक वर्ष मेहनत गर्नुपर्छ भन्ने उनलाई लागेको छ ।

विभागीय युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बनाउने मापदण्ड अनुसार खेलाडीहरू खेलमा फर्किने छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  ८ : १७ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको