अब काठमाडौं बाहिर जान पनि स्थानीय तहको सिफारिस अनिवार्य | Khabarhub Khabarhub

अब काठमाडौं बाहिर जान पनि स्थानीय तहको सिफारिस अनिवार्य


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अब काठमाडौँ बाहिर जान पनि स्थानीय तहको सिफारिस अनिवार्य चाहिने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार एक सूचना जारी गरेर उपत्यकाबाहिर जाँदा नियमपूर्वक क्वारेन्टाइनमा राख्ने व्यहोरा सम्बन्धित स्थानीय तहले प्रमाणित गरेपछि मात्रै पास वितरण गर्ने उल्लेख गरेको हो।

स्थानीय तहमा जानका लागि पास माग गरिन्छ सोही स्थानीय तहले नियमपूर्वक क्वारेन्टिनमा राख्नेबारे प्रमाणित गरेर पढाउनु पर्नेछ।

काठमाडौँ प्रशासनले बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन संकलन गर्ने छ। औचित्यको आधारमा दिउँसो साढे २ बजेपछि पास वितरण गर्ने जनाएको छ ।

‘काठमाडाैंबाट बाहिर जिल्ला जाँदा अनिवार्यरुपमा साेही जिल्लाकाे स्थानीय तहकाे नियमानुसारकाे क्वारेन्टिनमा बस्ने ब्यहाेरा जाने ठाउँकाे स्थानीय निकायबाट प्रमाणित भएपछि मात्र सवारी पास जारी हुने’ सूचनामा उल्लेख छ।

साथै मृत्यु संस्कारमा जानेकाे हकमा भने नियमानुसार निवेदन प्राप्त हुन आएमा पास उपलब्ध हुने जिल्ला प्रशासन कार्यालय काठमाडाैंले जनाएकाे छ।

यस्तो छ सूचना

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ८ : १५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर