कृषि विकास बैंकको अनलाइनबाटै शुन्य मौज्दातमा खाता खोल्न सकिने | Khabarhub Khabarhub

कृषि विकास बैंकको अनलाइनबाटै शुन्य मौज्दातमा खाता खोल्न सकिने


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कृषि विकास बैंक लिमिटेडले सेवाहरु विविधिकरण गरी आधुनिक तथा नयाँ ग्राहक आकर्षित गर्दै व्यवसाय विस्तार गर्न अनलाइनबाटै खाता खोल्ने प्रणाली सुरु गरेको छ ।

प्रविधिको विकाससँगै ग्राहकलाई प्रदान गर्ने सेवा सुविधामा सरलीकरण गर्न र बैंकले प्रदान गर्ने सेवालाई समय सापेक्ष र ग्राहक मैत्री बनाउदै बैकिङ्ग कारोवारको दायरा फराकिलो वनाउन विद्युतीय उपकरणको प्रयोग गरी अनलाइनबाट खाता खोल्ने प्रणाली सुरु गरेको बैंकले जनाएको छ ।

वर्तमान प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बैंकको नेतृत्व सम्हालेदेखि नै प्रविधिमा जोड दिएका छन् । हाल बैंकका सवैजसो सेवाहरुमा सूचना प्रविधिको प्रयोग भइरहेको छ ।

उक्त प्रणालीको मिति २०७७-०३-०५ गते शुक्रवार बैंक संचालक समितिका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला र प्रमुख कार्यकारी अधिृकत अनिल कुमार उपाध्यायले संयुक्तरुपमा उद्घाटन गरेका छन् ।

उक्त कार्यक्रममा बैंकका उप–महाप्रवन्धकहरु प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, दीर्घ वहादुर अर्याल र धु्रवचन्द्र गौतम लगायत विभागीय प्रमुखहरु एवं बजार तथा शाखा व्यवस्थापन विभागका कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।

अनलाईनबाट खाता खोल्ने प्रणालीको शुरुवात पश्चात देश विदेशमा रहेका नेपालीहरुले अनलाईनबाटै खाता खोल्ने फारम भरी आवश्यक कागजात अपलोड गरी शुन्य मौज्दातमा खाता खोल्न सक्नेछन् ।

 

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ४ : ०४ बजे

आगलागी हुँदा २५ लाख बढीको क्षति

कञ्चनपु– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा आगलागी हुँदा

सरकारले अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै

काठमाडौं– सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज