सामसङ प्लाजाले ल्यायो नयाँ वेबसाइट | Khabarhub Khabarhub

सामसङ प्लाजाले ल्यायो नयाँ वेबसाइट


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामसङ इलेक्ट्रोनिक्स र होम एप्लाएन्सेसका लागि आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले आफ्नो डिजिटल प्लेटफर्म विस्तारको रुपमा सामसङ प्लाजाका लागि नयाँ वेबसाइट सार्वजनिक गरेको छ ।

यो नयाँ वेबसाइटमा सामसङका उत्पादनहरुको विशेषताहरु र मुल्यहरु राखिएको छ जसले ग्राहकहरुलाई आवश्यक उत्पादनहरु कार्टमा राखेर खरिद गर्न सक्ने सुविधा प्रदान गर्दछ ।

लकडाउनको बीचमा सामसङ प्लाजाको नयाँ वेबसाइट आफ्नो घरको सुरक्षित वातावरणमा बसेर सामसङका उत्पादनहरु खरिद गर्न इच्छुक ग्राहकहरुका लागि समाधानको रुपमा आएको छ ।

यसका साथै उनीहरुले सर्भिससंग सम्बन्धित जिज्ञासाहरु पनि राख्न सक्दछन् । सामसङ प्लाजामा विभिन्न मुल्य दायराका सामसङका उत्पादनहरु — एलईडी टिभी, रेफ्रजिरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन र मोबाइल फोनहरु रहेका छन् । सामसङ प्लाजा नेपालका विभिन्न स्थाहरुमा अवस्थित छन् ।

हिम इलेक्ट्रोनिक्स प्रा.लिकी निर्देशक सीमा गोल्छाले भनिन्, “बजारमा हाम्रो उपस्थीतिलाई अझ बलियो बनाउन र स्ट्रिमलाइन पहिचानका साथ आउदो वर्षहरुमा फस्टाउँदै जान अर्को कदमको रुपमा हामीले नयाँ वेबसाइट सार्वजनिक गर्न पाउँदा निकै उत्साहित छौं । हाम्रो हालै शुरुवात गरिएको वेबसाइटमार्फत ग्राहकहरुलाई आफ्नै घरको सुविधा र सुरक्षामा रहेर सामसङ उत्पादनहरु खरिदको नयाँ अनुभव प्रदान गर्दै उनीहरुको सेवाका लागि तत्पर छौं ।”

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ११ : ३५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर