खाद्य कम्पनीले बेच्न थाल्यो बाल्ट्राको इन्डक्सन चुल्हो | Khabarhub Khabarhub

खाद्य कम्पनीले बेच्न थाल्यो बाल्ट्राको इन्डक्सन चुल्हो


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले बाल्ट्रा कम्पनीको विद्युतीय चुल्हो बिक्री गर्न थालेको छ ।

उपभोक्ताको माग भएको हुँदा बाल्ट्रा कम्पनीको इन्फ्रारेड चुल्हो बिक्री गर्न लागेको खाद्य व्यवस्था तथा ब्यापार कम्पनीका महानिर्देशक नेत्र सुवेदीले बताए ।

यति बेला भारतीय कम्पनीको चुल्हो स्थानीय ब्यापारीसँग खरिद गरेर बिक्री गर्न लागेको उनले जानकारी दिए।

चुल्होको मूल्य ४ हजार रुपैयाँ रहेको छ । कम्पनीले यस अघि पनि ४ हजार रुपैयाँ पर्ने इन्डक्सन चुल्हो बिक्री गरेको थियो ।

कम्पनीले अनुदानमा आएको चुल्हो बिक्री भइसकेपछि बजारको अवस्था हेरेर चीनसँग आयात गर्ने तयारी गरिरहेको कम्पनीका नायव महाप्रबन्धक श्रीमणि खनालले बताए ।

भूकम्पकोपछि २०७२ मा चिनियाँ सरकारले नेपाललाई अनुदान दिएको चुल्होहरू कोरोना महामारी सुरु भएपछि बिक्री भएको थियो ।

यसैगरी कम्पनीले स्वदेशी ह्यान्ड स्यानिटाइजर समेत बिक्रीका लागि राखेको छ । जडिबुटी प्रशोधन कम्पनीले उत्पादन गरेको स्यानिटाइजर बिक्री गर्ने सम्झौता गरेको छ ।

यसैगरी कम्पनीले लकडाउन अवधिभरका लागि खाद्यान्नमा दिएको १० प्रतिशत छुटको अफर भने हटाएको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  १० : ३३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र