भोजपुर पुगेका सांसद किराँती क्वारेन्टाइनमा बसे | Khabarhub Khabarhub

भोजपुर पुगेका सांसद किराँती क्वारेन्टाइनमा बसे


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाका सांसद सुदन किराँती गृह जिल्ला भोजपुरमा क्वारेन्टाइनमा बसेका छन् ।

काठमाडौंबाट भोजपुर गएका किराँती रामप्रसादराई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेका हुन् ।

सरकारले कोरोनाको जोखिमलाई ध्यानमा राख्दै बाहिरबाट आएका मानिसलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेका कारण आफू क्वारेन्टिनमा बसेको सांसद किराँतीले बताए ।

कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइतबारदेखि उनी क्वारेन्टाइनमा बसेका हुन् । उनी क्वारेन्टाइनमा १४ दिन बस्नेछन् । त्यसपछिमात्र उनी घर जानेछन् ।

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लागू गरेका नियमको निवार्यरूपमा पालन गर्नुपर्ने उनले बताएका छन् ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  १० : ०० बजे

व्यक्ति केन्द्रित भएर कांग्रेसले आफ्नो माग जारी राखे हामी सहमत हुँदैनौं : महेश बर्तौला

काठमाडौं– नेकपा एमाले समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न आफूहरू

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रूपमा सेवा सुरु

काठमाडौं– ‘इन्ड्राइभ’ विशेष गरी सबैलाई थाहा होला । इन्ड्राइभ धेरैलाई

रुसी सेनामा रहेका नेपालीको संख्या अझै यकिन भएको छैन : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीहरूको

वामदेवलाई केपी ओलीको जवाफ : तपाईंमा एकताको भावना देखेँ, त्यसलाई अघि बढाऊँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा विवाददेखि

ओली भन्छन् : उपनिर्वाचनमा एमालेको जित मिसन ०८४ को सुरुवात हो

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख १५ गतेको