कुवेत, यूएईलगायतका मुलुकबाट आज ६८१ नेपाली स्वदेश फर्किँदै | Khabarhub Khabarhub

कुवेत, यूएईलगायतका मुलुकबाट आज ६८१ नेपाली स्वदेश फर्किँदै


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका ६८१ नेपाली  आज स्वदेश फिर्ता हुने भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बहराइनबाट १५० जनालाई लिएर नेपाल एयरलाईन्सको उडानबाट बिहान ८ बजेर १० मिनेटमा आउने छ ।

दिउँसो पौने दुई बजे पाकिस्तानबाट ७५ जनालाई लिएर हिमालयन एयरलाईनसको विमान आउने छ । त्यस्तै माल्दिभसमा रहेका १५६ जनालाई लिएर हिमालयन एअरलाईन्सकै विमान आउँदै छ ।

एयर अरेवियाको विमानबाट संयुक्त अरब ईमिरेट्स (यूएई)बाट १५० नेपाली स्वदेश फर्किनेछन्  । यसैगरी कुवेतबाट जजीरा एयरको विमानले १५० जनालाई नेपाल ल्याउने तालिका रहेको छ ।

सरकारले प्राथमिकताको सूचीमा परेका नेपालीहरुको उद्दार जारी राखेको छ । नेपाल फर्किनेहरुको कोरोना परीक्षणको रिपोर्ट अनिवार्य गरिएको छ । कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ भएकाहरुलाई मात्र स्वदेश फर्काइने छ ।

 

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ७ : ५४ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं– नेपालले वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा

अपाङ्ग तथा ज्येष्ठ नागरिकका लागि घुम्ती शिविर

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अनिल शाहको अर्धशतक

काठमाडौै- अनिल शाहले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक बनाएर असिफ आउट

काठमाडौं– आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन्

‘सरकार ! रूसबाट आफन्त फिर्ता ल्याइदेऊ’

काठमाडौं – सन् २०२२ फेब्रुअरी २४ देखि रूसले छिमेकी युक्रेनमाथि