प्रिमियर लिग : लिग लिडर लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो | Khabarhub Khabarhub

प्रिमियर लिग : लिग लिडर लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुल बराबरीमा रोकिएको छ ।

आइतबार राति मर्सीसाइड डर्बीस्थित एभर्टनको घरेलु मैदानमा भएको खेलमा लिभरपुल गोलरहित बराबरीमा रोकिएको हो ।

बल पोजिसनमा एकतर्फी पकड जमाए पनि लिभरपुलले प्राप्त अवसरलाई उपयोग गर्न  नसक्दा बराबरीमा रोकिएको हो ।

बराबरीसँगै उपाधि जीत्ने लगभग पक्कापक्की भएको लिभरपुललाई अझै ५ अंकको आवश्यकता रहेको छ ।  एभर्टनसँगको बराबरीपछि लिभरपुलले ३० खेलमा ८३ अंक जोडेको छ ।

दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा लिभरपुल २३ अंकले अघि रहेको छ । ३८ अंक जोडेको एभर्टन भने १२ औं स्थानमा छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ६ : ०७ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र