बैतडीका कोरोना संक्रमित थुनामा रहेका युवा, प्रहरी कार्यालय सिल | Khabarhub Khabarhub

बैतडीका कोरोना संक्रमित थुनामा रहेका युवा, प्रहरी कार्यालय सिल


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- शुक्रबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका बैतडीका एक जना प्रहरी हिरासतमा रहेका युवा भएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । शिवनाथ गाउँपालिका २ का ती पुरुष गत चैत ६ गते भारतको नयाँ दिल्ली गुडगाउँबाट नेपाल आएका थिए ।

एक किशोरीको मृत्यु प्रकरणमा उनी पक्राउ परेका थिए । ती युवकको धनगढीमा थ्रोट स्वाब परीक्षणपछि कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए ।

उनले भने, ‘प्रहरीको हिरासतमा रहेका २२ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई जिल्ला अस्पतालको आइसोलेसनमा राख्ने तयारी भएको छ । ती युवकको स्वास्थ्य अवस्था समान्य रहेको बुझिएको छ ।’

कर्तव्य ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका युवकमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल गरिएको छ ।

हिरासतमा रहेका युवकमा कोरोना पुष्टि भएपछि कन्याक्ट ट्रेसिङको काम समेत शुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ५ : ५२ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड