कोरोनाको प्रभाव : विशेष आर्थिक कार्यक्रम ल्याउन चेम्बरको सुझाव | Khabarhub Khabarhub

कोरोनाको प्रभाव : विशेष आर्थिक कार्यक्रम ल्याउन चेम्बरको सुझाव


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ कमर्शले कोरोना भाइरस (कोभिड(१९) को कारण अर्थ व्यवस्थामा परेको प्रभावलाई मध्यनजर गर्दै आर्थिक कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ ।

हालको परिस्थितिलाइ दृष्टिगत गरी तत्काल उद्यमी व्यवसायीले दाखिला गर्न पर्ने आयकर तथा मूल्य अभिवृद्धि कर लगायतमा देखिएको विषम परिस्थितिलाइ मनन गरी अल्पकालीन तथा दीर्घकालीन प्याकेजको व्यवस्था गर्नुपर्ने बताएको हो ।

चेम्बरले सीमावर्ती भन्सारमा आएका तथा आउने वस्तुको डेमरेज, डिटेन्सन् चार्जमा पूर्णतः छुट हुनुपर्ने, भुक्तानी भएको कारोबारमा मात्र मूल्य अभिवृद्धि कर लिने व्यवस्था हुनुपर्ने सुझाव दिएको छ ।

त्यसैगरी बैंकहरुले ऋणको भुक्तानीको अवधि रि सेडयुलिङ्ग गर्ने व्यवस्था मिलाउनुपर्ने, वैंक तथा वित्तीय संस्थाबाट लिइएको कर्जाको व्याजदरमा कम्तिमा ५ प्रतिशत सरकारी अनुदान, २ प्रतिशत वैंकबाट सहुलियतको व्यवस्था हुनु पर्ने जनाएको छ ।

चेम्बरले कोरोना प्रभावित पर्यटन तथा होटेल व्यवसायको लागि विशेष सुविधासहितको प्याकेज ल्याउन समेत चेम्बरले विशेष आग्रह एवम् अनुरोध गरेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ५ : ५५ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र