लामो दूरीका यात्रुबाहक सवारी भोलिदेखि नचल्ने, कति हो लामो दूरी ? | Khabarhub Khabarhub

लामो दूरीका यात्रुबाहक सवारी भोलिदेखि नचल्ने, कति हो लामो दूरी ?


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संभावित जोखिमलाई मध्यनजर गर्दै सोमबार अर्थात भोलिदेखि लामो दूरीका यात्रुबाहक सबारीसाधन चल्ने पाउने छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार देशबासीको नाममा सम्बोधन गर्दै चैत १० गतेदेखि लामो दूरीका सवारीसाधन चलाउन रोक लगाएको घोषणा गरेका थिए ।

उपत्यका छोडेर बाहिरिने सर्वसाधारणको संख्या अत्याधिक भएको र जिल्लाहरुमा पनि कोरोना संक्रमणको जोखिम हुने भन्दै सरकारले लामो दूरीको यात्रामा रोक लगाएको हो ।

लामो दूरीको सवारी साधान चल्न रोक लगाएपछि मानिसहरु कहाँसम्मको सवारी साधन लामो र कहाँ वा कति दूरी सम्मको सवारीसाधन छोटो दूरीमा पर्छ भन्ने अन्यौलतामा देखिएको छन् ।

नेपालको कानुनअनुसार २५ किलोमिटरसम्मको यात्रालाई छोटो दूरी मानिन्छ भने २५ देखि २५० किलोमिटरसम्मको लागि मध्यम र २५० किलोमिटरभन्दा बढीको यात्रालाई लामो दूरीको सूचीमा राखिएको छ ।

अब तपाईं उपत्यका बाहिर जान खोजिरहनु भएको छ भने कति दूरी तय गर्दै हुनुहुन्छ विचार गर्नुहोला ।

यात्राका क्रममा सावधानी अपनाउन जरुरी छ ।

बाहिर खाना खाने, भीडभाडमा जाने, मध्यपान, धुम्रपान नगर्ने । मानिसहरुसँग हात नमिलाउने, मास्क लगाउने लगायतका कार्य गरि सुरक्षा अपनाउन जरुरी छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ११ : ५४ बजे

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा