नेपालमा इन्टरनेटको स्पिड कति छ थाहा छ ? | Khabarhub Khabarhub

नेपालमा इन्टरनेटको स्पिड कति छ थाहा छ ?


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताररहित इन्टरनेटका तीब्रताका आधारमा नेपाल विश्वको १ सय १२ औं स्थानमा आएको छ ।

विभिन्न मुलुकमा इन्टरनेटको तीब्रताको अध्ययन गरी सूचकांक सार्वजनिक गर्ने ‘स्पिडटेष्ट’ ले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा यस्तो प्रविधिको इन्टरनेटको औषत डाउनलोड तीब्रता २१.०५ एमबिपिएस र अपलोड तीब्रता १९.८० एमबिपिएस छ ।

स्पिडटेष्टले सार्वजनिक गर्ने मासिक सूचकांक अनुसार सन् २०१९ को डिसेम्बर महिनाभन्दा यो वर्षको जनवरी महिनामा नेपालको ४ स्थान सुधार भएको हो ।

फिक्सड इन्टरनेटअन्तर्गत विश्वको एक नम्बरमा सिंगापुर रहेको छ, भने मोबाइल इन्टरनेट स्पिडका आधारमा युएई पहिलो नम्बरमा रहेको छ ।

भेनेजुएला, यमन, तुर्कमेनिस्थान फिक्स्ड इन्टरनेटको अन्तिमतिर रहेका छन् भने मोबाइल इन्टरनेटको अन्तिममा भेनेजुएला, रूवान्डा, अफगानिस्तान र प्यालेष्टाइन छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ७ : ३६ बजे

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ

जसपा फुटको रहस्य : सरकार ढाल्न कि जोगाउन ?

काठमाडौं- प्रतिनिधिसभामा १२ सिट रहेको जनता समाजवादी पार्टी (जसपा) आइतबार