सगोत्रीसँग विवाह गरेको भन्दै परिवारले गर्‍यो युवतीको हत्या | Khabarhub Khabarhub

सगोत्रीसँग विवाह गरेको भन्दै परिवारले गर्‍यो युवतीको हत्या


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिल्ली– आफ्नै गोत्रको केटासँग विवाह गरेको भन्दै भारतमा एक युवतीको हत्या भएको छ । राजधानी दिल्ली नजिकै २५ वर्षे ती युवतीको आफ्नै परिवारले हत्या गरेको हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार आफ्नै गोत्रको केटासँग विवाह गरेको भन्दै उनकै अभिभावक र परिवारका सदस्यले हत्या गरी नहरमा फालेका हुन् । घटना ३० जनवरीको रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हत्या भएकी युवतीको नाम शीतल चौधरी रहेको प्रहरीले जनाएको छ । उनको हत्यामा सलग्न भएको अभियोगमा प्रहरीले युवतीको परिवारका ४ सदस्यलाई पक्राउ गरेको छ ।

चौधरीलाई शुरुमा परिवारका सदस्यले अपहरण गरी हत्या गरेको र शवलाई सिकन्दरावादमा रहेको नहरमा फालेका थिए । प्रहरीले उनको हत्यामा आफ्नै परिवारका ६ सदस्यहरुको संलग्नता रहेको जनाएको छ ।

शीतलका श्रीमान्ले प्रहरीमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो । उनीहरुले गत अक्टोबर महिनामा परिवारलाई थाहै नदिई विवाह गरेका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ७ : ४० बजे

इलाम अपडेट : एमाले– १०४१९, कांग्रेस– ७०६२, मतान्तर– ३३५७

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक