एउटा भ्रष्टाचारी परिवार | Khabarhub Khabarhub

एउटा भ्रष्टाचारी परिवार


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

  • सुजन बुढाथोकी

बुद्धका ठुल–ठुला आँखाहरु भएका
ठुला गजुरहरु छन् हजुर त्यो घरमा
स्वर्गीय आमाको एउटा सानु र सुन्दर सपना थियो
कि त्यो घरलाइ कसरी अझ सुन्दर शान्त
र शब्य बनाउने।

इतिहासमा अबस्य भविश्य उज्वल हुनेछ भनेर
अनि उन्ले दिएर गएका बलिदानहरु
तर अफसोच आज बर्तमानमा
ति सन्तानहरु कै कारण
त्यो घर आफै अन्यौलमा परेको छ ।

नालायक छोराहरु!!
दिनभरी नसामा भुल्नलाई
दिनभरी उत्पात जुवातास र जाड रोज्छन्
अनि साँझमा घर फर्किदा
भत्किएको बाटो बन्यो?
भन्दै बढो बिकास निर्माण खोज्छन् ।

यार यसरी नै सधै एकनास नै चलिरहेछ
सर्वाङ्ग संस्कार बिग्रीएको त्यो घर
सरकार जसरी चलिरहन्छ
आफैमा एक्सिलेटर र ब्रेक बिग्रीएको कुनै ट्याक्टर

साजन बुढाथोकी

उता बुढा भने ! घरमा कसैले रक्सी खाएर
आयो भने उस्को अनुहार पनि नहेर्ने
अनि आफ्नु छोरो नभन्ने भन्नुहुन्छ

सधै_सधै त्यो चोकमा
भोकले दौडिरहन्छन कुकुरहरु
र फर्कदा खेरी गुको खडेरी टारेर आउछन
सधै सधै त्यो चोकबाट
हरेक रात मध्यरातसम्म चर्को चिच्याहट आइरहन्छ

हिजो पनि त्यसैगरि,
बढो हर्सौल्लासको हल्ला आयो
तर,अफसोच आवाज बुझिएन
मैले भित्रै पसेर हेरे

भट्टिभित्र बसेर बुढा आफै दन्काइरहेका थिए।

मोरङ्ग

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ४ : ५२ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर