प्रधानमन्त्री ओलीको ‘भिजन टू एक्सन’पुस्तक सार्वजनिक | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीको ‘भिजन टू एक्सन’पुस्तक सार्वजनिक


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक ‘भिजन टू एक्सन’ सार्वजनिक भएको छ ।

शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच उनको पुस्तक ‘भिजन टू एक्सन’ सार्वजनिक भएको हो ।

शताब्दी पुरुषद्वय सत्यमोहन जोशी र माधव प्रसाद घिमिरेले प्रधानमन्त्री ओलीको पुस्तक ‘भिजन टू एक्सन’ लोकार्पण गरे ।

पुस्तकमा समृद्ध नेपाल निर्माणको भिजन र सो कामका लागि गरिएको प्रयाशहरु समेटिएको छ । २४० पृष्ठ रहेको पुस्तकमा प्रधानमन्त्री ओलीका सम्बोधनहरु पनि संग्रहित छन् ।

प्रधानमन्त्रीको जन्मदिनको अवसर पारेर पुस्तक लोकार्पण गर्न तयारी भएको भएपनि ओली जन्मदिन मनाउन जन्मघर तेह्रथुमको आठराईस्थित इवा तीनसल्ले जान लागेकापछि त्यसअघि नै पुस्तक लोकार्पण गरिएको हो ।

प्रधानमन्त्रीको जन्मदिन फागुन ११ गते हो ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ४ : ०७ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई