एमसीसी परिमार्जनसहित अनुमोदन गर्न प्रधानमन्त्रीले अमेरिकी सरकारसँग कुरा गरेको प्रचण्डको खुलासा | Khabarhub Khabarhub

एमसीसी परिमार्जनसहित अनुमोदन गर्न प्रधानमन्त्रीले अमेरिकी सरकारसँग कुरा गरेको प्रचण्डको खुलासा


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – नेकपा अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई परिमार्जन गरेर अनुमोदन गराउने बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सरकारसँग कुरा गरेको खुलाशा गरेका छन् ।

चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले एमसीसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने समेत बताएका छन् ।

‘एमसीसी कुनै बाइवल होइन यसलाई परिमार्जन गरेर अघि बढाइनेछ’, दाहालले भने ‘प्रधानमन्त्रीले यस विषयमा अमेरिकी सरकारसँग पनि कुरा गरिसक्नुभएको छ ।’

शुक्रबार एमसीसी अध्ययन गर्न बनेको नेकपाको कार्यदलले प्रतिवेदन पेस गरेको बताउँदै उनले यस विषयमा विस्तृत अध्ययन गरी परिमार्जनसहित अनुमोदन हुने विश्वास व्यक्त गरे ।

अध्यक्ष दाहालले सरकारको कामका विषयमा आजदेखि शुरु हुने सचिवालय बैठकले समीक्षा गर्ने जानकारी दिए ।

वर्तमान सरकारले गरेका धेरै राम्रा कामहरुलाई पनि केही नराम्रा कामले छोपेको भन्दै उनले यस विषयमा समीक्षा गरेर अघि बढ्ने बताएका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  १२ : ३४ बजे

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश

जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग

सिरहा – सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण