गर्भवती श्रीमतीको कोशेली लिन श्रीमान जान थाले | Khabarhub Khabarhub

गर्भवती श्रीमतीको कोशेली लिन श्रीमान जान थाले


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीको जानकी गाउँपालिकाले ४०० गर्भवतीलाई पोषण उपहार प्रदान गरेको छ । स्वास्थ्य संस्थामा नियमित गर्भजाँच गराइरहेका गर्भवतीलाई पोषणस्वरुप खानेकुरा र नगद प्रदान गरेको हो ।

उपहारमा एक क्यारेट अण्डा, आयोडिन नुन, सरसफाइका सामान र रु एक हजार नगद रहेका छन् । अमरावतिकी जमुनाकुमारी चौधरीले गाउँपालिकाले गर्भवतीको स्वास्थ्यमा ध्यान गर्न सन्देश दिएको बताए ।

‘पोषण उपहार संगै गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा र खानपानबारे समेत जानकारी पायौँ,’ उनले भने, ‘यो कार्यक्रमले घरपरिवारलाई समेत गर्भवतीको स्वास्थ्यमा सचेत रहन सजग गराउँछ ।’

वन्देविपुरकी रीता विष्ट गर्भवती हुन । उनीसँगै कोशेली बुझ्न उनका श्रीमान् पनि साथमा पुगेका थिए । ‘मेरो श्रीमती गर्भवती भएको सात महिना भयो । यहाँ आएपछि मैले धेरै जानकारी पाए,’ रीताका श्रीमान् विष्टले भने, ‘अब म मेरो श्रीमतीको खानपानमा पूरै ध्यान दिन्छु, उनीलाई चाहिने आराम, वातावरणबारे पनि म सचेत हुन आवश्यक रहेछ ।’

गाउँपालिकाले आमा र बच्चाको पोषणमा सुधार ल्याउन र मातृशिशु मृत्युदर घटाउन सहयोग पुर्‍याउन कोशेली कार्यक्रम शुरुवात गरेको हो । कोशेली वितरणका लागि सात लाख विनियोजन गरेको छ ।

गाउँपालिकाले दुई चरणमा कोशेली दिने तयारी गरेको छ । पहिलो चरणमा फागुन दोस्रो चरणमा जेठ मसान्तमा कोशेली दिइने गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले जानकारी दिए ।

‘ग्रामीण महिला गर्भावस्थामा खानपानमा ध्यान दिँदैनन्,यसले बच्चा र आमाको स्वास्थ्यमा असर गर्छ,’ उनले भने, ‘सचेतना फैलाउने उद्देश्यका साथ कोशेली दिन थालेका हौँ । एक दिन मात्र दिएर पोषण वृद्धि त हुँदैन तर, महिला र तिनका परिवार सचेत हुन सक्छन् ।’

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ८ : २३ बजे

ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना जलेर घाइते

काठमाडौं- ललितपुरमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका

नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील

सार्वजनिक शौचालय प्रयोग गर्दा नगर्नुहोस् यस्ता गल्ती

काठमाडौं– विशेष गरी सहरी भेगमा सार्वजनिक शौचालयको प्रयोग बढी हुने

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ

क्रिकेटर सन्दीपको मुद्दा न्यायाधीश निरौला र ढुंगेलको इजलासमा

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी उच्च अदालत पाटनका न्यायाधीशद्वय