लेवान्डोस्कीको निर्णायक गोलमा बार्यन म्युनिखको जीत | Khabarhub Khabarhub

लेवान्डोस्कीको निर्णायक गोलमा बार्यन म्युनिखको जीत


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मन बुण्डेशलिगामा बार्यन म्युनिखले पाडेरबोर्नलाई ३ – २ गोल अन्तरले हराएको छ ।

शुक्रबार राति भएको खेलमा लेवान्डोस्कीको निर्णायक गोलमा बार्यनले पाडेरबोर्नलाई ३–२ गोल अन्तरले हराएको हो ।

खेलको २५ औं मिनेटमा सर्ज गेनाबरीको गोलमा घरेलु टोली बार्यनले सुरुवाती अग्रता लिएको थियो ।

पहिलो हाफको अन्तिम समयमा बार्यनका गोलकिपर म्यानुयल नोयरको गल्तीको फाईदा उठाउँदै पाहुना टोलीका डेनिस श्रीबेनले बराबरी गोल फर्काएका थिए ।

लेवान्डोस्कीले ७० औ मिनेटमा बार्यनलाई पुन अग्रता दिलाए । त्यसको ५ मिनेटपछि पाहुना टोलीका स्टेभन मिशेलले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

बराबरीतर्फ उन्मुख खेलको ८८ औं मिनेटमा लेवान्डोस्कीले ब्यक्तिगत दोस्रो गोल गर्दै बार्यनलाई जीत दिलाए । जीतसंगै शीर्ष स्थानको बार्यनले ४९ अंक जोडेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ६ : ५७ बजे

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा